१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ज्ञानेन्द्र शाहीमाथि कुटपिट 

रमेशकुमार पौडेल

चितवन — आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए । 

ज्ञानेन्द्र शाहीमाथि कुटपिट 

कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो । शाहीको टाउकोमा चोट लागेको छ ।


उनको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बाहिरी चोट ठूलो नदेखिएपनि सिटी स्क्यान नगरी अवस्थाको बारेमा भन्न नसकिने बताए । उनको टाउकोको सिटी स्क्यान हुँदैछ ।


ज्ञानेन्द्र शाहीप्रति सत्तारूढ दल निकट युवा विद्यार्थी रुष्ट छन् । नेकपा निकट युवा विद्यार्थीले उनलाई कार्यक्रम गर्न नदिने बताउँदै आएका छन् ।

'झडप होला भनेर हामी कार्यक्रम स्थलमा केन्द्रीत रहँदा शाहीमाथि होटलमा आक्रमण भएर उपचारका लागि पठाइएको भन्ने बुझिएको छ । अरु विवरण बुझ्दै छौँ' चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनाराण कोइरालाले भने ।

प्रकाशित : आश्विन ११, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?