२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको निधन

रमेशकुमार पौडेल

चितवन — भरतपुर रामनगर जंगलमा आइतबार राति ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गएराति सवा नौ बजे नारायणगढ मुग्लिन सडकको भरतपुर आँपटारी जंगलमा लु २ ख ६९० नम्बरको ट्रक पछाडि ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

ट्रक र मोटरसाइकल दुवै एकै दिशातर्फ अर्थात नारायणगढ आँपटारीबाट रामनगर जाँदै थिए । दुर्घटनापछि गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर–१ रामनगरका २३ वर्षीय आरुष रेग्मीको उपचारको क्रममा निधन भएको हो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार रेग्मीको उपचारका क्रममा नयाँ मेडिकल कलेजको भरतपुरका रहेको शिक्षण अस्पतालमा ज्यान गएको हो ।


प्रकाशित : आश्विन ६, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?