बसको ठक्करले पैदलयात्रुको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बसले ठक्कर दिँदा गएराति नारायणगढ मुग्लिन सडक खण्डको जुगेडीमा एकजना पैदलयात्रीको ज्यान गएको छ । काठमाडौंबाट रोल्पा जान नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख २६०७ नम्बरको बसले अन्दाजी २७२८ वर्षको एकजना पुरुषलाई ठक्कर दिएको थियो । राति साढे १२ बजे जुगेडी भतेरीमा ठक्कर दिएर गम्भीर घाइते भएका ति व्यक्तिलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार मृतक व्यक्तिको नाम ठेगना खुलेको छैन । उनको शब भरतपुर अस्पतालको शबगृहमा राखिएको कोइरालाले बताए ।


प्रकाशित : आश्विन ५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?