३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जिपलाई ट्रकले ठक्कर दिँदा चार घाइते, एकको अवस्था गम्भीर

रासस

काठमाडौँ — चितवनमा सवारी दुर्घटना हुँदा चार जना  घाइते  भएका  छन् ।  जिल्ला  प्रहरी कार्यालय चितवनका  अनुसार  शुक्रबार  दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् ।

जिपलाई ट्रकले ठक्कर दिँदा चार घाइते, एकको अवस्था गम्भीर

घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेमध्ये दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुईवटै सवारी साधनसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन ३, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?