२५ घर पहिरोको जोखिममा

कान्तिपुर संवाददाता

काभ्रे — पहिरोको कारण भुम्लु गाउँपालिका–६ फलाँटेमा २५ घर जोखिममा परेका छन् । मध्यपहाडी लोकमार्गको लागि खनिएको सडक र डाँडा बगाएर जोखिम बढेपछि  सिम्लेका ५ खर्चपाखाका ८ र नर्चपाखाका १२ घरधुरी सुरक्षित स्थानमा सारिएको वडाअध्यक्ष भरतबहादुर शिवभक्तिले जानकारी दिए । 

तेमालमा र रोशीमा पहिरोको कारण २ घरमा क्षति भएको छ । क्षतिको विवरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

प्रकाशित : आश्विन १, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

लगातारको झरीले जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशैभरी बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । दुई दिनदेखिको लगातारको झरीले जनजीवन समेत प्रभावित बन्न पुगेको छ । हेरौं झरीमा कान्तिपुरका फोटो पत्रकारले खिचेका १५ तस्बिर :


प्रकाशित : आश्विन १, २०७६ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्