१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अवरुद्ध सडक सुचारु

नगेन्द्र अधिकारी

काभ्रे — लगातार वर्षापछिको पहिरोको कारण अवरुद्ध सडक सुचारु गरिएको छ । अरनिको राजमार्गको दोलालघाट, ५३ किलो, ५४ किलो, केराघारी लगायतका स्थानमा पहिरोका कारण अवरुद्ध राजमार्ग  सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

स्थानीय तहको पहलमा प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पाँचखालको जिरोकिलोबाट सुरु हुने हेलम्बु मार्गमा खसेका पहिरोको कारण अवरुद्ध मार्गका केही स्थानमा भने अझै अवरोध छ ।


नमोबुद्ध–५ स्थित पशुपति रोडा ढुंगा उद्योग (खानी) र मनकामना एग्रिगेट प्रालि (क्रसर) ले थुपारेको धुलो बगाउँदा अवरुद्ध भएको वीपी राजमार्ग पनि सुचारु भएको छ । वर्षापिच्छे त्यहाँ अवरुद्ध हुँदै आएको छ ।


रोशी गाउँपालिकास्थित नार्के खोलामा पानीको सतह बढ्दा एकतर्फी यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?