कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध, पाँचखालमा घर भत्किएर बालक पुरिए

नगेन्द्र अधिकारी

काभ्रे — पहिरोका कारण अरनिको राजमार्ग, बीपी राजमार्ग अवरुद्ध भएका छन् । बीपी राजमार्गको लास्कोट र अरनिको राजमार्गको दोलालघाट ५४ किलो, ३७ किलो लगायतका स्थानमा पहिरो खसेर यातायात अवरुद्ध भएका हुन् । त्यस्तै अरनिको र हेलम्बु मार्गमा समेत पहिरो झरेको छ । 

पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध, पाँचखालमा घर भत्किएर बालक पुरिए

पहिरोले यातायात नचल्दा यात्रु मर्कामा परेका छन् । केही क्षेत्रमा पहिरो हटाउने कार्य थालिएको प्रहरीले जनाएको छ ।


यसैबीच पाँचखाल ४ मा पहिरो जाँदा मन्डन देउपुर ११ निवासी रोजन लामाको ४ वर्षका छोरा सजन लामा घर भत्किएर पुरिएका छन् । सुतिरहेको बेला घर भत्किएको हो ।


लामा उक्त स्थानमा होटल सञ्चालन गर्दै आइरहेका थिए ।


प्रकाशित : आश्विन १, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?