शिशु बेपत्ता गराउने पक्राउ

धादिङ — आफैंले जन्माएको शिशु बेपत्ता बनाएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नीलकण्ठ–७ निवास्वाराकी मखमली थापा पक्राउ परेकी हुन् । भदौ १९ मा जिल्ला अस्पतालमै छोरा जन्माएकी उनको सालनाल नखसेपछि राजधानीस्थित प्रसूतिगृह पठाइएको थियो ।

प्रसूतिगृहले २ दिन राखेपछि बच्चा र आमा दुवै स्वस्थ रहेको भन्दै २२ गते डिस्चार्ज गरेको थियो । घर पुगेकी मखमलीको काखमा शिशु नदेखेपछि गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरीले गत शनिबार उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले अस्पतालबाट फर्कंदै गर्दा राति २ बजे गलौंदीस्थित डम्पिङसाइट नजिक एम्बुलेन्स रोक्न लगाई प्याड फेर्न जाने भनी बच्चा जंगलमा छाडेर आएकी रहिछन् ।

प्रकाशित : आश्विन १, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?