कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तलबभत्ताले शैक्षिक सहयोग

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आफ्नो तलबभत्ताको रकमले पालिकाभरिका २९ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री बाँडेका छन् । सवारी सुविधासमेत नलिएका उनले ‘शैक्षिक सुधारका लागि जनप्रतिनिधि’ अभियान लिएर गाउँ पुग्दै विद्यार्थीलाई झोला, एक दर्जन कपी, कलमसहित खेलकुद सामग्री बाँडेका हुन् ।

तलबभत्ताले शैक्षिक सहयोग

भोटेकोसीको दुर्गम क्षेत्रमा रहेका बालबालिकाको अवस्था अध्ययन गर्दा शैक्षिक सामग्रीको अभाव भएको पाएपछि आफूले यस्तो शैक्षिक अभियान चलाएको पौडेलले बताए ।


‘गाउँका बालबालिकाले सामग्री नपाएकाले अध्ययनमा कठिनाइ भएको पायौं, त्यही अध्ययनपछि यो अभियान लिएर अगाडि बढेका हौं,’ उनले भने । फराकिलो गाउँमा गनिने लिस्तीकोट हुँदै तातोपानी फुल्पिङकट्टी र मार्मिङलगायतका विकट हिमाली गाउँका ५ वटा वडाक्षेत्र भोटेकोसीमा रहेका छन् । वडा कार्यालय पुग्न एक दिन लाग्ने भौगोलिक समस्या रहेकाले बालबालिकाको समस्या सहज जनप्रतिनिधिमाझ पुग्न नसकेकाले शैक्षिक सामग्री उपहार लिएर पुगेको उनले सुनाए ।


जिल्लामा ‘टुंगुना गायक’ को रूपमा नाम कमाइसकेका दृष्टिविहीन संगीतकर्मी वीरबहादुर कामीका छोराछोरीको नि:शुल्क अध्यापनको जिम्मा प्रमुख पौडेलले लिएका छन् । आवास पुनर्निर्माणमा आर्थिक अभाव झेलिरहेका टुंगुना वादक कामीलाई ५ हजार सहयोग गर्दै उनका दुई छोरी र एक छोरीको अध्ययनको पूरा जिम्मा उठाउने प्रतिबद्धता जनाए ।


गाउँमै पुगेर शैक्षिक अनुगमन

नमुना शैक्षिक संस्थाको अवधारणा लिएको भोटेकोसी शैक्षिक अभियान र नीति बनाएर अगाडि बढेको छ । प्रमुखसहित वडाअध्यक्ष, सदस्यसँग बसेर शैक्षिक अवस्थाको सुधारका लागि छलफल, अनुगमन हुँदै आएको भोटेकोसी गाउँपालिकाकी उपप्रमुख दाबुटी शेर्पाले बताइन् ।


प्रकाशित : आश्विन १, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?