२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राजमार्ग अवरुद्ध

काभ्रे — मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योगका कारण वर्षालगत्तै बीपी राजमार्ग अवरुद्ध हुन थालेको छ । 

अविरल वर्षाका कारण नमोबुद्ध–५ स्थित पशुपति रोडा ढुंगा उद्योग (खानी) र मनकामना एग्रिगेट प्रालि (क्रसर) ले थुपारेको धुलो बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो । वर्षापिच्छे त्यहाँ अवरुद्ध हुँदै आएको छ ।


राजमार्गमै क्षति पुग्ने गरी खानी तथा क्रसर उद्योग सञ्चालन हुँदा पनि स्थानीय सरकार निरीह छन् । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले कारबाही प्रक्रिया अघि बढाउने बताए । ‘राजमार्गमा रहेको क्रसरका कारण नियमित समस्या आउन थाल्यो,’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढाउन प्रदेशलाई लेख्छौं ।’


खोला मिचेर सञ्चाललमा रहेका खानी तथा क्रसरले थुपारेको धूलोका कारण खोलाको सतह बढेको छ भने बहाव परिवर्तन हुँदा राजमार्गका पुल जोखिममा छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । ०७० बाट बिनानवीकरण सञ्चालन भइरहेका क्रसर उद्योगहरूबाट स्थानीय तहले राजस्व भने उठाइरहेका छन् । जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योग मापदण्डअनुसार चलेका छैनन् ।

प्रकाशित : आश्विन १, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?