१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड खुल्यो 

बलराम घिमिरे

रसुवा — पहिरोको कारण अवरुद्ध मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड मंगलबार साँझदेखि खुलेको छ । उक्त सडक खण्ड सुरक्षा र पहिरोको कारण करिब २ महिनादेखि बन्द थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले अब साना-ठूला गाडी चलाउन सकिने बताए । रोकिएका कन्टेनर मंगलबार साँझदेखि चल्न थालेका छन् । 

मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड खुल्यो 

पहिरोले सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–ग्राङ खण्ड गत बुधबारदेखि अवरुद्ध भएपछि तत्कालै यातायात सञ्चालन गर्न मैलुङ–स्याफ्रुबेंसी सडक पन्छाउन थालिएको हो । शनिबारदेखि नै पहिरोले अवरुद्ध परेको सडक पन्छाउने काम सुरु भएको थियो ।


नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्डको लम्बाई करिब १७ किमि छ । रसुवागढी नाका जोड्ने यो छोटो दूरीको सडक हो ।


कालिका गाउँपालिका–१ नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएपछि पासाङल्हामु मार्ग अवरुद्ध छ । सडक भासिएको ठाउँमा निर्माण बिहीबारबाटै सुरु गरिएको छ । यातायात सञ्चालनमा आउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनका अनुसार भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिंडेका सयौं कन्टेनर बीच बाटोमा नै रोकिएका छन् । चाडबाडको मुखैमा सडक अवरुद्ध हुँदा व्यापारीहरु चिन्तित बनेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?