२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भ्यान पल्टँदा एकको मृत्यु, तीन घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकको आँपटारी जंगल पानी ट्याङ्की ओरालोमा मंगलबार बिहान म्याजिक भ्यान पल्टिदा एकजनाको मृत्यु भएको छ ।

भ्यान पल्टँदा एकको मृत्यु, तीन घाइते

भरतपुर महानगरपालिका–१ रामनगरबाट आँपटारी आउँदै गरेको ना १ ज ५२९९ नम्बरको भ्यान बिहान पौने ११ बजे सडकमा पल्टेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


दुर्घटनामा घाइते भएकी माडी नगरपालिका–४ सितलपुरकी २२ वर्षीया निशा नेपालीको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाले बताए ।


निशालाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल ल्याएको थियो । त्यही नै उनको ज्यान गएको हो । दुर्घटनामा अन्य तीनजना यात्रु पनि घाइते भएका छन् । अरु घाइतेको अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?