१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

रासस

चितवन — सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको हो ।


त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको छ ।


माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?