क्यान्सरपीडित दम्पतीलाई कविको सहयोग 

काठमाडौँ — एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित सिन्धुलीका ५४ वर्षीय वीरबहादुर लो र मनमाया लो दम्पतीलाई कवि अनिता लामाले आर्थिक सहयोग गरेकी छन् । 

क्यान्सरपीडित दम्पतीलाई कविको सहयोग 

रकम अभावले स्वास्थ्योपचारमा समस्या झेलिरहेका दम्पतीलाई कवि लामाले बुवा कान्छा लामा र आमा कान्छी लामाको हातबाट ३५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् । लो दम्पती चुच्चेपाटी, रामहिटीस्थित एउटा टहरामा मासिक ७ हजार भाडा तिरी छोराछोरीसहित बस्दै आएका छन् । दुवैलाई घाँटीको क्यान्सर छ ।


वीरबहादुर चिया बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन् । आमाबुबाको उपचारमा सघाउन कक्षा १२ मा पढ्दै गरेकी छोरी विष्णुमायाले अपिल गरेकी छन् ।


प्रकाशित : भाद्र २६, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?