३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रसुवागढी जोड्ने सडक भासियो, यातायात अवरुद्ध 

बलराम घिमिरे

रसुवा — पहिरीले सडक भत्किँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा यातायात अवरुद्ध भएको छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङकोबीच भागमा बुधबार साँझ करिब ५ बजे सडक भाँसिएको हो । 

रसुवागढी जोड्ने सडक भासियो, यातायात अवरुद्ध 

कालिका गाँउपालिका–१ नाकुरदुङ भन्ने ठाउँमा सडक भासिँएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताए । ‘सडक कुनासम्मै भासिएको छ,’ उनले भने, ‘पैदल आवत–जावत गर्न सक्ने अवस्था समेत छैन । सडक मूनि ठूलो पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउन सक्ने अवस्था छैन । नयाँ ट्रयाक खोल्न पर्ने अवस्था छ ।’


भासिएको स्थानमा मर्मतका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भटराइले बताइन् ।


उक्त स्थानमा ठूलो पहिरो भएकाले ब्लाष्टिङ गर्नुपर्ने हुन्छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्गमा यातायात अवरुद्ध हुँदा सामान बोकेका कन्टेनरहरु बाटोमै अलपत्र परेका छन् । सदरमुकाम धुन्चे र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो ।

प्रकाशित : भाद्र २६, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?