राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

कान्तिपुर संवाददाता

चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएका छन् । ठूला बुबा कुलप्रसादको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे ।

आफ्ना गुरु बासमेत रहेका कुलप्रसादको सम्झना गर्दै उनले भने, 'बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।' अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको बताए ।

पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उनले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताए । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गरे । स्व दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष छन् । दाहालको भरतपुर महानगरपालिका-७ मा मंगलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनका चार छोरा र दुई छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

एजेन्सी

काठमाडौँ — एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ। सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ।

नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ।

आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता लङ लाइफ ब्याट्री हो। यो सिरिसका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ छ। यस्तै एप्पलले पहिलो यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ। बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ। आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन्। फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ। यस्तै फोनले ४के भिडियोहरु समेत खिच्छ।

११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ।

वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी छैन।

प्रकाशित : भाद्र २५, २०७६ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्