कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसिड आक्रमणकारी पक्राउ परेनन्

हेटौंडा — प्रेम प्रस्ताव अस्वीकार्दा युवतीमाथि एसिड प्रहार गरी फरार युवक ६ वर्ष बितिसक्दा पनि पक्राउ परेका छैनन् । यो अवधिमा प्रहरीले पनि चासो देखाएको छैन ।

हेटौंडा उपमहानगरपालिका—२ पीपलबोटकी बिन्दाबासिनी कंसाकारलाई भारत घर भई हेटौंडा उपमहागनरपालिका—१० मा भाडामा बस्दै आएका राजकेशरीले ०७० वैशाख ९ मा अनुहारमा एसिड छ्यापेर फरार भएका थिए ।


उनी अझैसम्म पक्राउ परेका छैनन् । १९ वर्षीया कंसाकारलाई केशरीले पटक/पटक प्रेम प्रस्ताव राखेका थिए । प्रस्ताव अस्वीकार गर्दा केशरीले एसिड प्रहार गरी फरार भए । प्रहरीले रेडकर्नर नोटिस जारीसमेत गरिसकेको छ ।


एसिडको कारणले गर्दा बिन्दाबासिनीको अनुहार र आँखाका समस्या छ । उनको परिवारले उपचारमा मात्र ६० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।


उपचार गर्न भारतका विभिन्न अस्पतालमा उनलाई लगिएको थियो । ‘अपराधी पक्राउ परेको भए मलाई सन्तोष मिल्थ्यो,’ उनले भनिन, ‘अपराधी पक्राउ नपरेकाले पीडाबोध भइरहेको छ ।’ अनुहारमा एसिड प्रहार गर्दाको अवस्थामा उनी १२ कक्षामा अध्ययनरत छिन् । अहिले उनले स्नातक उत्तीर्ण गरिसकेकी छन् । मास्क, स्कार्फ, चस्मा अनि क्याप लगाएर हेटौंडाको सडकमा हिँड्दा धेरैले उनलाई हेरिरहन्छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘केशरीलाई पक्राउ गर्न प्रहरीले प्रयासरत रहेको छ, भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । इन्टरपोलमार्फत रेडकर्नर नोटिससमेत जारी भएको छ ।’ भारतीय प्रहरीले उसको खोजी सुरु गरेको छ ।


‘विगतमा भारतीय नागरिक र उसकै देशमा लुकिरहेका कारण केही समस्या भए पनि अब चाँडै नै हामी उसलाई पक्रन सफल हुन्छौं,’ उनले थपे ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?