१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बलेरोको ठक्करबाट बालकको मृत्यु

रासस

चितवन — कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको थियो ।

बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



प्रकाशित : भाद्र २३, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?