१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बालुवा खानीको लापरवाहीका कारण बिजुलीको पोल ढाल्दा धादिङ सदरमुकाम अन्धकार 

हरिहरसिंह राठौर

काठमाडौँ — धादिङ सदरमुकाम लगायत जिल्लाभर आपूर्ति हुने बिजुलीका पोल बालुवा खानीको लापरवाहीका कारण ढालेपछि धादिङ सदरमुकाममा ६ घन्टादेखि विद्युत आपूर्ति बन्द भएको छ ।

बालुवा खानीको लापरवाहीका कारण बिजुलीको पोल ढाल्दा धादिङ सदरमुकाम अन्धकार 

नुवाकोटको देविघाटबाट तारुका हुँदै धादिङ आउने मुख्य प्रशारण लाइन तारुकास्थित खाल्टे कुवामा राजमार्ग नजिकैको बालुवा खानिले पोल ढालेको थियो । उक्त बालुवा खानी छेउमै रहेका २ वटा पोल ढालेपछि समस्या आएको नेपाल विद्युत प्राधिकरणका जिल्ला प्रमुख धूर्व कार्कीले बताए । अर्को उपयुक्त स्थान खोजेर पोल गाड्न खोज्दा स्थानीयले विरोध गरेपछि पोल सार्न थप समस्या आएको थियो ।


भर्खरै स्थान हेरेर पोल गाड्न सुरु गरिएको र राति ११ बजेसम्ममा विद्युत सुचारु हुने कार्कीले बताए । धादिङ र नुवाकोटका अवैध बालुवा खानी र जथाभावी खनिएका ग्रामीण सडकले बिजुलीका पोल ढलेर समस्या उत्पन्न हुने गरेको कार्कीले बताए ।

प्रकाशित : भाद्र २०, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?