कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अपडेट : सुमो दुर्घटनामा बालिकासहित ३ को मृत्यु 

प्रताप विष्ट

(हेंटौडा) — हेटौडाबाट काठमाडौं प्रवेश गर्ने छोटो वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी-फाखेल-फर्पिङ सडक खण्डको भीमफेदी जुरीखेतमा शुक्रबार सुमो दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

अपडेट : सुमो दुर्घटनामा बालिकासहित ३ को मृत्यु 

मृत्यु हुनेमा रामेछापकी १० महिने समरागी माझी, महोत्तरीका ७० वर्षीय वीरसिह वाइबा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।


बालिकाको घटनास्थलमा मृत्यु भएको थियो भने वाइबा र सहनीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते ६ जनाको हेटौंडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।


सर्लाहीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका-६ जुरीखेतमा दुर्घटना भएको हो । सुमो सडकबाट ५० मिटर तल खसेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


घाइतेहरुको उपचारको निम्ति हेटौंडातर्फ ल्याइरहेको छ । घाइते हुने यात्रुहरु सर्लाही र सिन्धुलीका हुन् ।



....

हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी—फाखेल—फर्पिङ सडक खण्डको भीमफेदी जुरीखेतमा शुक्रबार सुमो दुर्घटना हुँदा एक बालिकाका मृत्यु भएको छ ।


दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा १० महिने समरागी माझी छिन् । सर्लाहीबाट काठमाडौंतर्फ आईरहेको ना १ ज ३६४० नम्वरको सुमो भीमफेदी गाउँपालिका—६ जुरीखेतमा दुर्घटना भएको हो ।

सुमो सडकबाट ५० मिटर तल खसेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए। घाइतेहरुको उपचारको निम्ति हेटौंडातर्फ ल्याईरहेको छ । घाइते हुनेहरुमा सर्लाही र सिन्धुलीका बासिन्दाहरु रहेका छन् ।


प्रकाशित : भाद्र २०, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?