कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

दोलखा — सडकको कजवेबाट बगेको खोलाले कार बगाउँदा दोलखाको कालिञ्चोक गाउँपालिका—१ स्थित सुन्द्रावतीमा एकजनाको मृत्यु भएको छ ।

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

बिहीबार राति सिंगटी बजारबाट आइरहेको बा१९च ४३९० नम्बरको इर्स्पोटस् कार बगाउँदा तामाकोसी गाउँपालिका–३ का २१ वर्षीय अनिश पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा कालिञ्चोक–३ का विकज पोखरेल र रामेछापको लिखु गाउँपालिका—२ का पवन पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ काठमाडौं लगिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । घाइते विकज तामाकोशी गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलका छोरा हुन् ।


घटनास्थलमा शुक्रबार बिहान पुगेका प्रनाउ राईका अनुसार सडकको केही तल खोलाको बीचमा कारले किचेको अवस्थामा अनिशको शव झिकिएको छ । घाइतेहरु राति नै खोलाबाट किनारा लागेका थिए ।


भर्खरै कालोपत्रे सकिएको उक्त सडकमा कजवे बनाएर बगाइएको सुन्द्रावतीको खोलाले वर्षात्को समयमा सवारीसाधन वगाइरहन्छ । गतवर्ष मोटरसाइकल बगाउँदा केही घाइते भएका थिए । प्राविधिकहरुका अनुसार तिब्बतको सीमा लामाबगरसम्म जोडिएको व्यस्त सडकको उक्त कजवेमा पुल नै बनाउनु पर्ने देखिन्छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?