कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पर्यटकीय क्षेत्रको अवैध संरचना हटाइँदै

दोलखा — धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रका अवैध घरटहरा तथा संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । पहिलोपटकको सूचनालाई वास्ता नगरेपछि दोस्रोपटक प्रशासनले जारी गरेको हो । कालिञ्चोकमा १ सयभन्दा वढी अवैध संरचना छन् । 

केबलकारदेखि ठूला लगानीका होटलले कालिञ्चोकको वेसक्याम्प ठानिने कुरीको मैदान भरिएका छन् । त्यस्तै घयाङडाँडाको मैदानमा पनि घरटहरा थपिंदैछ । तीन हजार ८ सय ४२ मिटर अग्लो कालिञ्चोक मन्दिरको केही तल पनि अतिक्रम वढन थालेपछि जिल्ला प्रशासनले पटकपटक सूचना जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।


मन्दिर दर्शन र रमाइलो दृष्य हेर्न पर्यटकको घुँइचो लाग्ने उक्त क्षेत्र सामुदायिक वन क्षेत्रकी गुठी संस्थानको भन्ने विवाद कायमै छ । गुठी संस्थानको स्थानीय जिम्मेवार प्रतिनिधि प्रमुख जिल्ला अधिकारीलाई बनाइएको छ । तर, जिल्ला बन कार्यालयले आफनो पेरीफेरी भन्दै उक्त सम्वन्धमा प्रमुख जिल्ला अधिकारीले बोलाएको वैठकमा फरक मत दर्ज गर्दै आएको छ ।


दुई सरकारी निकाय वीचको विवादको फाइदा लिदै झनझन संरचना थपिंदै गएको स्थानीयले बताए । पछिल्ला समयमा गुठीसंस्थानले आफनो नियमअनुसार जग्गा लिजमा दिन थालेपछि अनावश्यक अतिक्रमण वढेको स्थानीयको भनाई छ ।


गुठी संस्थाले करिब ४२ घर टहरा तथा एउटा केबल कारलाई मात्रै लिज दिएको दावी गरेको छ । करिब तीन महिनाअघि जिल्ला प्रशासन कार्यालयले तयार पारेको सूचिमा करिब १ सय घर टहरा थिए ।

प्रकाशित : भाद्र २०, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?