कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मेलम्ची आयोजना पीडित र प्रहरीबीच झडप, हवाई फायर र अश्रुग्यास प्रहार

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको काम गरेबापतको रकम माग्दै आन्दोलनमा उत्रिएका पीडितमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनरत मजदुर तथा सप्लायर्समाथि बिहीबार दिउँसो प्रहरीले हवाई फायरका साथै अश्रुग्याास प्रहार गरेको हो ।

मेलम्ची आयोजना पीडित र प्रहरीबीच झडप, हवाई फायर र अश्रुग्यास प्रहार

इटालियन ठेकेदार कम्पनी सिएमसीले एक अर्ब ६८ करोड रुपैयाँ नतिरी भागेपछि स्थानीयसहित खानेपानीको मुहानस्थलमा आन्दोलित छन् ।


सिएमसीबाट नपाएको रकम सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पीडित र प्रहरीबीच अम्बाथान सुरुङ प्रवेश गर्ने स्थानमा झडप भएको थियो । प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गर्दा २ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन् ।


आयोजना पीडित संघर्ष समिति संयोजक विष्णुमणि आचार्यका अनुसार मजदुरहरु सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएका हुन् ।


आन्दोलनकारीले आयोजनाका उपकरणहरु तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । सिएमसीले ठेक्का तोडेर ९ महिनाअघि नै हिडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ ।


आयोजना र नेपाल सरकारले जफत गरेको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुको छ । सिएमसीको धरौटी, आयोजनाबाट भुक्तानी हुन बाँकी, एक अर्ब मूल्य बराबरको उपकरण, निर्माण सामग्री लगायत रकम आयोजना र सरकारले जफत गरेको थियो ।


मोटर लगायतका उपकरण सप्लाई गरेको बिरा मोटर्सले मात्रै सिएमसीसँग ८० करोड रुपैयाँ लिन बाँकी छ । सिएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाडौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ ।


प्रकाशित : भाद्र १९, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?