१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रहरीद्वारा चालक कुटपिट घटना छानबिन गर्न समिति बन्यो 

बलराम घिमिरे

रसुवा — प्रहरीद्वारा मंगलबार गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा भएको कुटपिट घटना छानबिन गर्न एक समिति गठन गरिएको छ । १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जिल्ला न्यायधिवक्ता बाबुराम भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

प्रहरीद्वारा चालक कुटपिट घटना छानबिन गर्न समिति बन्यो 

उक्त घटना सम्बन्धमा विभिन्न ८ बुँदे सहमति पनि भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


उनका अनुसार पर्यटक आवगमनलाई मध्यनजर गर्दै राति ११ बजेसम्म बजार खुल्ला गर्ने, जिल्लाका सबै सुरक्षा जाँचलाई मर्यादित र व्यवस्थित बनाउने, टिमुरे र रसुवागढीमा बजार तथा पार्किङ व्यवस्थापन गर्ने, वान-डे पासको लागि पहल गर्ने, अध्यागमनले दिने पास व्यवस्थित गर्ने, नाकामा हुने सबै गतिविधि व्यवस्थापन गर्ने तथा मंगलबारको घटनाको आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।


प्रहरीले गाडी चालक कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको थियो ।


यो पनि

प्रहरीबाट कुटिए चालक

प्रकाशित : भाद्र १८, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?