कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रहरीबाट कुटिए चालक

बलराम घिमिरे

रसुवा — गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा प्रहरीले मंगलबार सवारी चालकमाथि कुटपिट गरेको छ । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको छ । उक्त घटनाको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । 

प्रहरीबाट कुटिए चालक

मंगलबार साँझ साढे ५ बजेको समयमा उक्त घटना भएको हो । गलत ठाउँमा पार्किङ गरेको भन्दै चालकलाई सवारी हटाउनका लागि आग्रह गर्दा नियन्त्रणमा लिने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ ।

घटनाबारे छानबिन गरि दोषीलाई कारवाही गरिने प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ति समेत निकालेको छ । प्रहरीले ना६ख ४९२५ नम्बरका चालक श्रीमान् तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?