१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

घर भत्किँदा बालकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — घर भत्किँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा एक बालकको मृत्यु भएको छ । स्थानीय मनोज थापाको घर भत्किँदा उनका ११ वर्षीय छोरा मनिष थापाको च्यापिएर मृत्यु भएको हो । 

वडा अध्यक्ष निङमर लामाका अनुसार भूकम्पले चिरा पारेको घरमा बसोवास गर्दै आएको मनोजको परिवारमा ७ जना थिए । भूकम्पपछि घर बनाउन अनुदान नपाएका उनको परिवार पुरानै घरमा बस्दै आएको थियो ।


साँझ बालक बाहेक अरु बाहिरै भएको बेला घर भत्किएको थियो । विद्यालयबाट आएर टिभी हेरिरहेका मनिषको च्यापिएर भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । च्यापिएर गोठमा रहेका १२ बाख्रा समेत मरेका छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय धोबी र सिरिसे चौकीबाट प्रहरी पठाइएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?