ट्याक्टर दुर्घटनामा एकजनाको मृत्य, २ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका–२ बान्द्रेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । 

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्य, २ घाइते

मन्थलीबाट सिमेन्ट लिएर फुलासीतर्फ जाँदै गरेको ना ६ त ६३०१ नम्बरको ट्याक्टर सडकबाट खसेको हो । दुर्घटनामा परि मन्थली नगरपालिका–१ घर भएका चालक ध्रुव रोकाको मृत्यु भएको छ ।


दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि तामाकोशी अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।


घाइते भएका अन्य दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?