३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धादिङको धौखोलामा बोलेरो दुर्घटना, १४ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — धादिङको ज्वालामुखी–६ धौखोलामा बोलेरो दुर्घटना भएको छ । ज्वालामुखी–५ खरिबाट सदरमुकाम आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप सडकबाट ५ मिटर तल खस्दा १४ जना घाइते भएका छन् ।

धादिङको धौखोलामा बोलेरो दुर्घटना, १४ जना घाइते

घाइतेमध्ये एकजनाको स्थिति गम्भिर भएको कारण उपचारका लागि काठमाडौको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।


गम्भिर घाइते हुनेमा ज्वालामुखी ५ खरिकी काली गुरुङ रहेकी छिन् । उनको टाउकोमा चोट लागेको कारण उपचारको लागि काठमाडौं पुर्‍याइएको हो । क्षमताभन्दा बढी यात्रु र बिग्रेको सडकका कारण दुर्घटना भएको हो ।


दुर्घटनामा ज्वालामुखी ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ घाईते भएका छन् ।


त्यस्तै १० वर्षीय सरिता रोक्का, १० वर्षीय पार्वती नेपाली, ५० वर्षीय १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वर्षीय सिर्जना नेपाली घाइते भएका छन् ।


घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । उक्त बोलेरोमा कतिजना यात्रु थिए भन्ने एकिन विवरण अझै नआइसकेको डिएसपी खड्काले बताए ।

प्रकाशित : भाद्र १५, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?