बलात्कारी बाबुलाई १३ वर्ष कैद

प्रताप विष्ट

(हेटौंडा) — छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले १३ वर्ष कैदको फैसला गरेको छ । १२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैद गर्ने फैसला गरेको हो ।

बलात्कारी बाबुलाई १३ वर्ष कैद

अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको छ ।


जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले नाबालिकालाई जबर्जस्तीकरण गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेको थप १ वर्ष गरेर १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवकुमार कौशिकले बताए । बालिका २०७५ असार १५ गते घरमै बलात्कृत भएकी थिइन् । झड्केलो बाबु भीमफेदी कारागारमा छन् ।


यसैगरी, न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपहानगरपालिका-१९ का राजकुमार गोलेसहित ५ जनालाई मकाउ पठाईदिन्छु भनी ठगी गरेका मनहरी गाउँपालिका-२ का गौतम स्याङ्तानलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ । स्याङ्तानबाट पीडितहरुलाई ६ लाख ९३ हजार रुपैयाँ विगो भराउने अदालतले आदेश गरेको छ ।


२०७४ मंसिर २५ गते पीडितहरुबाट गौतमले ६ लाख ९३ हजार रुपैयाँ लिएका थिए ।


प्रकाशित : भाद्र १३, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?