कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारको आरोपमा युवक पक्राउ

रमेशकुमार पौडेल

चितवन — एक महिलालाई कुटपिटपछि बलात्कार गरेको आरोपमा चितवन प्रहरीले बुधबार २४ वर्षीय युवकलाई गिरफ्तार गरेको छ ।

भरतपुर महानगरपालिका–३ पुरानो सब्जीमण्डिमा बस्ने सुनिल तामाङलाई चितवन प्रहरीले अन्दाजी ४२ वर्षकी महिलालाई घाइते बनाइ बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको हो । तामाङलाई बलात्कार र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सुनिलको स्थायी घर दोलखा खारेको कृषेगाउँ भएको प्रहरीको भनाइ छ । उनले सब्जीमण्डी आडको कबाडी संकलन केन्द्रमा ती महिलामाथि कुटपिट र बलात्कार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । मंगलबार रातिदेखि नै महिलामाथि कुटपिट र बलात्कार भएको प्रहरीको भनाइ छ ।


बुधबार बिहानदेखि लुक्दै हिँडेका सुनिललाई प्रहरीले दिउँसो भरतपुर-२ आँपटारीमा समाएको थियो । ‘सुनिललाई बलात्कारसँगै ज्यान मार्ने उद्योग (प्रयास) मा मुद्दा चलाउनका लागि हामीले अनुसन्धान सुरु गरेका छौं', डिएसपी एकनारायण कोइरालाले भने, 'अनुसन्धानका लागि चितवन जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।’


प्रकाशित : भाद्र १२, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?