१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रदेशभर

हेटौंडा — हेटौंडा अस्पतालमा गत आर्थिक वर्षबाट सुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश–३ का १३ वटै जिल्लामा लागू गरिने भएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यविधि संशोधन गर्ने प्रक्रियामा रहेका कारण केही समय रोकिएको सेवा छिट्टै सुचारु हुने सामाजिक विकास मन्त्रालयका प्रवक्ता सतिश विष्टले बताए ।

‘आर्थिक वर्ष ०७५/७६ मा लागू भएका जिल्लाबाट प्राप्त विवरणका आधारमा कार्यविधिमा केही सुधार गरेर १३ वटै जिल्लामा सेवा विस्तार गर्ने तयारी गरिरहेका छौं,’ उनले भने । प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ रकम विनियोजन गरी प्रदेशका १३ जिल्लाबाट १ लाख मानिसको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको छ ।


२५ हजार लक्षित वर्ग, ७५ हजार अन्य व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरी कार्यविधि तयार गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


कार्यक्रमअन्तर्गत गत आवमा सरकारले १० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये ५ जिल्लाका अस्पतालबाट ७ हजार ४ सय ४८ जनाले सेवा लिएको थिए । सेवा लिनेमा २ हजार १ सय ३६ महिला र ५ हजार ३ सय १२ पुरुषले छन् ।


गत आवमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका लागि ३ करोड २० लाख रकम विनियोजन गरिएको थियो । विनियोजित रकममध्ये २ करोड ५१ लाख मात्र खर्च भएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?