३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ठूला साधनमा रोक

बलराम घिमिरे

रसुवा — पासाङल्हामु मार्गको सदरमुकाम धुन्चे नजिकै ब्राबल भीरमा सडक भासिएपछि ठूला र हेभी यातायात साधनको सञ्चालनमा रोक 
लगाइएको छ । 

शनिबार रातिको अविरल वर्षाले भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो । मर्मत गरेको करिब तीन घण्टामै पुनः सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।


भासिएको सडकखण्ड सोमबार मर्मत गरेर साना र हलुका सवारी चल्ने बनाएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ठूला र हेभी सवारीसाधन सञ्चालन गर्दा सडक थप भासिने भएकाले रोक लगाएको छ । सडकमुनि पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउने अवस्था छैन । ‘सडकको कुनाबाट नयाँ ट्र्याक खोल्नुपर्छ,’ उनले भने ।


सडक भासिएको स्थानमा कुनापट्टि ठूलो पहरो रहेको छ । ठूलो पहरो भएकाले सडक सुचारु गर्नका लागि कठिनाइ रहेको छ । ‘उक्त स्थानमा ठूलो पहरो भएकाले ब्लास्टिङ गर्नुपर्छ,’ भण्डारीले भने । ब्रेक्रर लगाएर पहरो काट्न नसक्ने भएपछि मंगलबारदेखि ब्लास्टिङ गरिने तयारी भएको छ ।


ब्लास्टिङ गर्नका लागि सामान जुटाउने काम अघि बढिसकेको छ । त्यसका लागि गृह मन्त्रालय हुँदै रक्षालाई पत्र लेख्ने काम भइसकेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने पासाङल्हामु मार्गमा यातायात अवरुद्ध हुँदा सामान बोकेका कन्टेनरहरू बाटोमै अलपत्र परेका छन् ।


चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक यही नै हो । पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कुलगायत धेरै ठाउंमा पहिरोको समस्या छ । त्यस्तै, स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम धेरै रहेको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?