लिदी भीरबाट ढुंगा खस्दा एकको मृत्यु, ७ घाइते 

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । ढुंगा लागेर बलेफी हाइड्रो पावरका कामदार बर्दिया बराईपाल गाउँपालिका–१ का ३१ वर्षीय अनिल विकको घटनास्थलमै ज्यान गएको हो । 

क्याम्पको जस्तापाता फोडेर आएको ठूला ढुंगाले लागेर घाइते जुगल गाउँपालिकाको गुम्बा र बराईपालका ७ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


उनीहरु भीरक्षेत्रमा जोखिम मोलेर जलविद्युतको काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बर्दिया बराईपाल–१ का ४८ वर्षीय अमरबहादुर मगरको हातमा र बराईबासीका माउतलाल टमाटाको टाउकोमा सामान्य चोट लागेको छ ।


त्यस्तै जुगल–३ गुम्बाका २५ वर्षीय ठूलोकान्छा लामा, सुरेश लामा र लिदीका सिराराम दोङको बाँया खुट्टामा चोट छ । जुगलका २६ वर्षीय अर्जुन लामाको दाँया र लिदी पाङ्गारकै २१ वर्षीय सागर लामाको बाँया खुट्टामा चोट लागेको छ ।

प्रकाशित : भाद्र ९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?