हेटौंडामा ३२६ डेंगु रोगी 

हेटौडा — हेटौडमा आइतबारसम्म ३२९ जना डेंगु रोगी फेला परेका छन् । महिनाअघि फैलिएको डेंगुको संक्रमण हेटौंडामा अझै रोकिएको छैन ।

हेटौंडामा ३२६ डेंगु रोगी 

आइतबार १८ जनाको थप रक्त परीक्षण गर्दा ५ जना डेंगु रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रयोगशाला प्रमुख भूपनारायण यादवले बताए ।


हेटौंडा अस्पतालबाट प्रारम्भिक परीक्षणपश्चात् डेंगु भएको शंका भएमा थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सिफारिस गर्ने गरेको छ । प्रदेशको पाँच जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । हेटौंडामा पहिलो पटक देखिएको डेंगु चितवन हुँदै, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए ।


अब हेटौंडामै सीटी स्क्यान

हेटौंडामा सिटिसक्यान र अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । मेसिन सञ्चालनमा छन् । हेटौंडा डाइनोस्टिक सेन्टरले करिब साढे चार करोड लागतमा उक्त सेवा सञ्चालनमा ल्याएका हुन् । हेटौंडामा यी सेवा नहुँदा बिरामीलाई भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता थियो ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?