कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्मत गरेको तीन घण्टामै सडक भासियो

बलराम घिमिरे

रसुवा — पासाङल्हामु मार्गको सदरमुकाम धुन्चे नजिकै ब्राबल खण्ड भासिएको छ । सडक भासिएपछि यातायत अवरुद्ध भएको छ ।

मर्मत गरेको तीन घण्टामै सडक भासियो

शनिबार रातिको अविरल वर्षाले भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो । मर्मत गरेको करिब तीन घण्टामै पुनः सडक भासिएपछि यातायात अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 'सडक निर्माण भइरहेको छ' उनले भने । सडकको कुनापट्टि ब्रेक्रर लगाएर पहरो काट्ने काम भइरहेको छ । साना यातायात आजै चल्न मिल्ने गरी निर्माण भइरहेको उनले बताए ।


चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने यही सडक हो । सडक अवरुद्ध हुँदा चीनको केरुङबाट सामान लिइएर आएका कन्टेनर बाटोमै रोकिएका छन् । पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत ठाउँमा पहिरोको समस्या छ ।


त्यस्तै स्याफ्रुबेंशी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम छ ।


प्रकाशित : भाद्र ८, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?