ढुंगा खस्दा २ वटा कन्टेनरमा क्षति

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकै याङ भन्ने ठाउँमा ढुंगा खस्दा २ वटा कन्टेनरमा क्षति पुगेको छ ।  शुक्रबार सवा ४ बजेतिर ढुंगा खस्दा रोकी राखेको २ वटा कन्टेनरमा क्षति पुगेको स्थानीय मनु मगरले बताइन् । उनका अनुसार ना ५ख ५८०३ र ना६ख ५४९७ नम्बरको कन्टेनरमा क्षति पुगेको छ । 

तस्बिर सौजन्य : मनु मगर

केरुङतर्फ जान लागेको कन्टेनर एउटा खाली र अर्को खाद्यान लोड गरिएको छ।

प्रकाशित : भाद्र ६, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली भारतीय रुपैयाँसहित २ पक्राउ

भूषण यादव

(वीरगन्ज) — नक्कली भारतीय रुपैयाँसहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैदल यात्रु बहुदरमाई नगरपालिका-२ वैरियाविताका ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज छपकैया बस्ने ४८ वर्षीय जमिल अख्तर छन् ।

शुक्रबार मध्यान्ह पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुको साथबाट १ लाख ९० हजार (भारतीय २ हजारको ९५ थान) नक्कली नोट बरामद भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

कारोबारीले वीरगन्जबाट सीमावर्ती भारतीय बजारतर्फ नक्कली भारतीय रुपैयाँ लगिरहेको विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार जाँचमा कडाई गरेको थियो ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ३ महिनाको अवधिमा प्रहरीले स्रोत नखुलेको ५ लाख ८० हजार भारु बरामद गरेको जनाए ।

प्रकाशित : भाद्र ६, २०७६ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्