२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बासी भात खाँदा १० मजदुर बिरामी

रामेछाप — बासी भात खाँदा रामेछापको गेलुमा निर्माणाधीन मनकामना विद्यालयमा काम गर्ने १० जना मजदुर बिरामी भएका छन् । मन्थली नगरपालिका ११ गेलुको उक्त विद्यालयमा काम गर्ने मजदुरले सोमबार अपराह्न ‘भुटेको भात’ खाएका थिए ।

खाना खाएका सबैलाई पखाला लाग्ने, बान्ता हुने, टाउको दुख्ने र ज्वरोको लक्षण देखिएको थियो । मजदुरहरुलाई मेसमा खानाको प्रबन्ध गरिएको र त्यसैमा विषाक्त मिसिएको अनुमान गरिएको छ ।


एसियाली विकास बैंकको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालय भवन निर्माण भइरहेको छ । निको नभएपछि सबै मजदुरलाई मंगलबार अपराह्न मन्थलीको तामाकोसी अस्पतालमा भर्ना गरिएको छ ।


अस्पतालकी चिकित्सक डा. शुभलक्ष्मी कुँवरका अनुसार सबै मजदुरलाई ज्वरो देखिएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?