१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खाल्डोमा डुबेर बालिकाको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर बनेपा १ मा ११ वर्षीया रुक्सना गोलेको मृत्यु भएको छ । 

स्थानीय सृष्टीकान्त विद्यालयमा कक्षा ४ मा अध्ययनरत गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

६ र ८ वर्षका अन्य दुई साथीसँगै गोले पौडी खेल्न गएकी थिइन् । प्रहरीका अनुसार खाल्डो तिजिक नामक औषधि उत्पादक कम्पनीले खनेको थियो ।

प्रकाशित : श्रावण २९, २०७६ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?