कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्राहकलाई दुर्व्यवहार गर्ने होटेल सञ्चालक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — ग्राहकलाई दुर्व्यवहार गरेको आरोपमा नौबिसेका होटेल व्यवसायीलाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

पृथ्वीराजमार्गको धुनिबेंसी- ६ नौबिसेमा नास्ता पसल सञ्चालन गर्दै आएका नुवाकोट निवासी पल्पसा क्याफेका २४ वर्षीय कुमार आचार्यलाई खानीखोला प्रहरीमार्फत स्थानीय प्रशासनले नियन्त्रणमा लिएको हो ।

सार्वजनिक सवारी साधनमा आएका ग्राहकले फोहोर भाँडामा खाजा दिएको भनेपछि विवाद हुँदा होटल सञ्चालकले दुर्व्यवहार गरेको उजुरी प्रहरीमा परेको थियो । आचार्यलाई दुर्व्यवहारविरुद्ध सार्वजनिक अपराध विरुद्धको कसुरमा मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?