२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एनसेल टावरमा आगजनीको अभियोगमा १ पक्राउ

कान्तिपुर संवाददाता

धादिङ — एनसेल टावरमा आगजनी गरेको अभियोगमा धादिङबाट १ जना पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाअन्तर्गत कुम्पुरमा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा ३० वर्षीय प्रल्हाद सिंखडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

साविकको सुनौलाबजार ६ (हाल निलकण्ठ नगरपालिका ७) बस्ने सिंखडालाई तारुखर्कबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोला अधिकारीले सिंखडा पक्राउ परेको पुष्टि गरेका छन् । गत जेठ १६ गते नेत्रविक्रम चन्द नेतृत्व समूहको कार्यकर्ताहरुले देशैभरिका एनसेलको टावरमा आक्रमण गरेका थिए ।


प्रहरी निरीक्षक अधिकारीले सिंखडा चन्द समूहका हुन् या होइनन् भन्ने अनुसन्धानमै रहेकोले सार्वजनिक नगरिएको बताए ।

प्रकाशित : श्रावण २४, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?