गोसाइँकुण्ड आउने भक्तजनलाई शुल्क नलाग्ने 

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्डमा मेला भर्न आउने नेपाली तीर्थयात्रीलाई लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क नलिने भएको छ । निकुञ्जले २०७५ कार्तिकदेखि स्वदेशी पर्यटकलाई पनि प्रतिव्यक्ती एक सय प्रवेश शुल्क लिदै आएको छ ।

गोसाइँकुण्ड आउने भक्तजनलाई शुल्क नलाग्ने 

कुण्ड गोसाइँकुण्ड गाउँपालिका –५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । स्वदेश तथा विदेशमा समेत प्रसिद्ध रहेको छ गोसाइँकुण्डमा मेला भर्न आउने भक्तजनहरुलाई प्रवेश शुल्क नलिने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।


मेला साउन २० गतेदेखि ३० गतेसम्म लाग्छ । मेलाको समयमा वार्षिक रूपमा सयौँ तीर्थयात्री आउने गरेका छन् । गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र साउन शुक्ल पूर्णिमा अर्थात् (जनैपूर्णिमा) गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ ।


प्रवेश शुल्क लिन थालेदेखि २०७६ असार मसान्त सम्म ५ हजार ५ सय ५९ स्वदेशी पर्यटक घुम्न आएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । कार्तिक १ गतेदेखि निकुञ्जभित्र घुम्न, अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने नेपालीलाई एक सय रुपैयाँ र भरियालाई २५ रुपैयाँ शुल्क लाग्ने निकुञ्जले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः

गोसाइँकुण्ड मेला सुरु

प्रकाशित : श्रावण २१, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?