ट्रक पल्टिएर च्यापिएका सहचालकको ५ घण्टापछि सकुशल उद्धार

हरिहरसिंह राठौर

धादिङ — धादिङको नौबिसेस्थित त्रिभुवन राजपथमा भएको ट्रक दुर्घटना च्यापिएका सिन्धुली जिल्ला घर भएका सहचालक दिपेन्द्र स्याङताङ्गको ५ घण्टापछि उद्धार गरिएको छ । स्थानिय र प्रहरीको अथक प्रयास पछि उद्धार गरिएको हो ।

ट्रक पल्टिएर च्यापिएका सहचालकको ५ घण्टापछि सकुशल उद्धार

भिरालो जग्गामा ट्रकमुनी च्यापिएका सहचालक लाई उपकरण अभावमा उद्धार गर्न ढिलाई र कठिनाई व्यहोर्नु परेको खानीखोला स्थित प्रहरी निरिक्षक उद्धव पोखरेलले बताए ।

५ घण्टाको उद्धार पछि घाइते सहचालकलाई उपचारको लागि काठमाडौं लगिएको छ ।

राति साढे १ बजे तिर भएको उक्त दुर्घटनापछि सो सडक अवरुद्ध भएको थियो । ६ घण्टासम्म अवरुद्ध यातायात पनि अब संचालनमा आएको छ । धुनिवेशी नगरपालिका–९ कानाकोट लुचि खोल्सामा चितवनबाट इँटा बोकेर काठमाडौं आउदै गरेको ना ८ ख ३४२५ नम्बरको ट्रक सडकबाट करिव ५० मिटर तल पल्टिएर दुर्घटना हुँदा चालकसहित दुई घाईते भएको छन् ।

गम्भिर घाईते भएका चालक रौतहट जिल्ला वन्दिपुर नगरपालिका ४ निवासी २५ वर्षीय शम्शेर दिप स्याङताङ्गको काठमाडौं ट्रमा सेन्टरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उद्धव पोखरेलले बताए ।


प्रकाशित : श्रावण १९, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?