३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रामेछापको खाँडादेवी गाउँपालिका-३ को वडा कार्यालयमा विस्फोट

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीको वडा कार्यालयमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ । 
विस्फोटबाट वडाको कार्यालय भवनमा क्षति भएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका-३ को वडा कार्यालयमा विस्फोट

कार्यालय सञ्चालन भएको कोठामा रहेका महत्वपूर्ण कागजात, फर्निचर र मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले विस्फोट गराउनेको पहिचान नखुलेको र उक्त घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ । घटना शनिबार बिहान करिव ३ बजे भएको थियो ।

टायरमा सिलिण्डर राखेर आगो लगाइ उक्त विस्फोट गराएको प्रहरी निरीक्षक शेष अदालतले जनाएका छन् । घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय चोप्राङ्ग र प्रहरी चौकी सित्खाको टोली घटनास्थलमा पुगेको र यसबारे विस्तृत विवरण आउन बाँकी रहेको समेत अदालतले जनाएका छन् ।


दुइदिन अघि मात्र नेत्रविक्रम चन्द समूहले रामेछापको दोरम्बा गाउँपालिका-१ डाडाँकटेरीमा रहेको एनसेलको टावरमा विस्फोट गराएको थियो ।

प्रकाशित : श्रावण १८, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?