घूससहित ५ ट्राफिक पक्राउ

नगेन्द्र अधिकारी

काभ्रे — टिपरबाट घूस लिँदालिँदै ५ ट्राफिक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभिन्न चेक पोस्टमा कार्यरत प्रहरी प्रतिटिपर २ हजार घूस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले प्रतिटिपर मासिक २ हजार उठाउँदै आएका छन् । बीपी र अरनिको राजमार्ग हुँदै दैनिक १९ सय टिपर गुड्छन् । 

घूससहित ५ ट्राफिक पक्राउ

मण्डनदेउपुर नगरपालिकास्थित हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोस्टमा कार्यरत सिपाही हरिप्रसाद बानियाँ र हवल्दार रामहरी मानन्धर चालकसँग घूस लिँदैगर्दा पक्राउ परेका हुन् । पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्गको केराघारीबाट पक्राउ परेका छन् । पक्राउ परेका ती स्थानमा टिपरहरुले मासिक रकम बुझाउँदै आएका छन् । उजुरीका आधारमा अख्तियारको टोलीले बिहीबार अपरेशन गरेको थियो ।


ओभरलोड, पानी चुहाउने नियन्त्रणको नाममा चेकिङमा कडाई गरेको देखाउँदै ट्राफिकले रकम असुल्दै आएको हो । तल्लो तहका कर्मचारीबाट मासिक रुपमा संकलित रकम प्रहरीका उच्च अधिकारीसम्म पुग्ने भएकोले यातायात व्यवसायीका अगाडि प्रहरी निरीह रहने प्रहरीहरु नै स्वीकार्दै आएका छन् ।


प्रकाशित : श्रावण १६, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?