२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दोर्दीखोलामा २ शव फेला

आश गुरुङ

लमजुङ — लमजुङको पूर्वी क्षेत्रमा पर्ने दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले धनजनको क्षति पुर्‍याएको छ । नदी उर्लिएपछि दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाका मजदुरका साथै अन्यको भागाभाग भएको स्थानीयले बताएका छन् ।

दोर्दीखोलामा २ शव फेला

माथिल्लो क्षेत्रबाट दोर्दीले बगाएर ल्याएको २ वटा शव दोर्दी गाउँपालिका–४ नौथर शेरा नजिकै फेला परेको र चिनिन सक्ने अवस्थामा नरहेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।


दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाका सञ्चालक राजेन्द्र वस्तीका अनुसार दोर्दीको बाढीले कामदारहरु हाताहात भएको र केही पुरिएको बताए ।


दोर्दीखोलामा दिउँसो ३ बजेतिर भीषण बाढी आएको स्थानीयले बताएका छन् । बाढीले धनजनको क्षति पुर्‍याउँदा समेत सरकारका निकायले उद्धारमा ढिलासुस्ती गरेको वस्तीले आरोप लगाएका छन् । उनले केहीको ज्यान गएको र कम्तीमा १२ जना बढी घाइते भएको बताए ।


डीएसपी रविन्द्रमान गुरुङले २ जनाको शव फेला परेको र जलविद्युत आयोजनाका कामदार तथा केही स्थानीय भागभाग भएको खबर आएकाले त्यसतर्फ जाँदै गरेको बताए । उनले सुरक्षा निकायका सबै प्रमुख घटनास्थलतर्फ जाँदै गरेको बताए ।


स्थानीयका अनुसार बाढीले माथिल्लो दोर्दी ‘ए’ को निर्माणाधिन ड्यामका साथै त्यस भेगमा निर्माणाधिन अन्य जलविद्युत आयोजनामा पनि क्षति पुर्‍याएको छ । घटनाका सबै विवरण भने आइसकेको छैन ।

प्रकाशित : श्रावण ८, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?