कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयारी नपुग्दा योजना बैंकबाट योजना छान्न सकिएन : मन्त्री ढुंगेल

टीकाप्रसाद भट्ट

रामेछाप — प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले तयारी नपुगेकोले चालु आर्थिक वर्षका योजनाहरु योजना बैंकबाट छनोट गर्न नसकेको बताएका छन् ।

तयारी नपुग्दा योजना बैंकबाट योजना छान्न सकिएन : मन्त्री ढुंगेल

‘यो वर्ष नै योजना बैंकबाट योजना छनोट गर्ने योजनामा हामी काविल भएनौं ’ मन्त्री ढुंगेलले भने, 'अर्को वर्षदेखि योजना बैंकलाई प्रभावकारी कार्यान्वयनमा ल्याउँछौं ।' बाहिरबाट योजना हालेको भन्दै प्रदेश योजना आयोगका उपाध्यक्षले राजीनामा दिएको प्रसंगमा उनले भने, 'अलि अभ्यास नपुगेर यो अवस्था आयो ।'


थुप्रै असजिलोको बाबजुत प्रदेश सरकारले ५९ प्रतिशत बजेट खर्च गर्न सकेको ढुंगेलले बताए । ‘कामहरु भएका छन् तर केही तत्व नकारात्मक प्रचारमा छन्’ ढुंगेलले भने, 'नागरिक समाजले योजनाहरुको कार्यान्वयन पक्ष सुक्ष्म तरिकाले अवलोकन गरेमा त्यस्ता प्रचारले केही अर्थ हुँदैन ।'


रामेछापको मन्थलीमा मंगलबार पत्रकार भेटघाटमा मन्त्री ढुंगेलले विगत वर्षमा साना र टुक्रे योजनामा प्रदेश सरकारको लगानी छरिएको स्वीकारे ।


प्रदेश ३ सरकारको प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले प्रदेशको नामाकरण र राजधानीको विषय अब बस्ने संसद् बैठकबाट टुंगो लगाउने दाबी गरे । राजधानी रहने स्थान र नामका विषयमा उनले केही खुलाएनन् ।


प्रकाशित : श्रावण ७, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?