२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

करेन्ट लागेर १ को मृत्यु

नुवाकोट — सूर्यगढी गाउँपालिका ५ बगुवामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय दिपक गिरिको घरमा ल्याइएको केबलको तार बनाउन बिजुलीको पोलमा चढेका बिष्णु राईको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर सख्त घाइते भएपछि राईलाई जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो । उनको उपचार गर्दैगर्दा शनिबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनको शव पोस्टमार्टपछि आफन्तलाई जिम्मा लगाइने छ ।


यसैबीच विदुर नगरपालिका ५ गंगटेमा बस र मिनि ट्रक जुध्दा ३ घाइते भएका छन् । शनिबार काठमाडौं हिँडेको पासाङ ल्हामु यातायात समितिको बा४ख ५७१ नम्बरको बस र त्रिशूली आउँदै गरेको बा४ख ९८७ नम्बरको बालुवा बोकेको ट्रक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।


मिनी ट्रक चालक रसुवा उत्तरगया गाउँपालिका ५ बनुवाका २३ वर्षीय सुब्बा नगरकोटी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । बसमा सवार २ घाइते सामान्य उपचारपछि घर फर्किएका प्रहरीले बताएको छ ।



प्रकाशित : श्रावण ४, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?