मकवानपुरमा ६.४९% जमिन मात्र सुरक्षित

प्रताप विष्ट

हेटाैडा — भूक्षय र पहिरोको दृष्टिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठुला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।

ZenTravel

जिल्लाको कुल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६६० हेक्टर (६ दशमलब ४९ प्रतिशत) जमिन मात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ । ७४ हजार १३२ हेक्टर जमिन (कुल जमिनको ३० दशमलब ७३ प्रतिशत) खहरे र बाढीपहिरोबाट सधैं जोखिममा छन् ।

Meroghar


त्यस्तै, ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर भूभाग) भूक्षयका कारणले उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका पूर्वप्रमुख पुष्पराम थापाले बताए । उनले भने, ‘अवैज्ञानिक खेती प्रणाली, भूमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रूपमा पहिरो र भूक्षयको जोखिममा रहेका छ ।’

भूक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो हो । भूसंरक्षणका महत्त्वपूर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठूलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । भौगर्भिक सूचना प्रणालीबाट अध्ययनपश्चात् मकवानपुरमा एक हेक्टर क्षेत्रफलभन्दा सानो पहिरोको संख्या ७५१ छ । एकदेखि २ हेक्टरभित्रका पहिरो १५६ वटा, दुईदेखि तीन हेक्टरसम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ । तीन हेक्टरदेखि १० हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेको भूसंरक्षण कार्यालयका पूर्वप्रमुख थापाले बताए ।

५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील अवस्थामा रहेका छन्् । संवदेनशील पहिरो मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गापास्थित साविकको नामटार गाविसमा मात्र १३ वटा छन् । भूकम्पले मात्र साविकको नामटार गाविसको १, २ र ३ नम्बर वडाको जमिन चिराचिरा पारेको छ । उक्त क्षेत्रका भूकम्पपीडितहरू बस्ती नै छाडेर अन्यत्र टहरा बनाएर बसेका छन् । नामटारका अधिकांश भूकम्पपीडितले बस्ती नै स्थानान्तरणको माग गरिरहेका छन् ।

नामटारको तारेभीर, भीमफेदी गापाअन्तर्गत पर्ने साविकको भैंसे ५ को रातो पहिरो, राक्सिराङ गापामा पर्ने राक्सिराङ गाविस ५ को परेवाभीरको पहिरो र इन्द्रसरोवर गापाको साविकको मार्खु गाविस ९ को छहरे पाखोको पहिरो सबैभन्दा बढीसंवेदनशील अवस्थाका छन् । यी चारवटा पहिरोका कारण नामटार तथा राक्सिराङको बस्ती र मार्खुको पहिरोले कुलेखानी जलाशय उच्च जोखिममा रहेको कार्यालय पूर्वप्रमुख थापाले बताए । उनभने, ‘ समयमै विशेषगरी यी चार वटा पहिरोको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ सबैको ७४ध्यान जानु जरुरी छ ।’

जिल्लाको कुल भूभागको ४८ दशमलब ७५ प्रतिशत क्षेत्रफल चुरे क्षेत्रले ओगटेको छ । भूबनोटको दृष्टिकोणले यस जिल्लाको लागि यो चुनौतीको रूपमारहेको छ । चुरे क्षेत्रको खहरेबाट बर्सेनि मकवानपुर जिल्लाको २ सय बिगाभन्दा बढी उर्वरा जमिन बगरमा परिणत हुँदै आएको छ भने सय परिवारभन्दा बढी सुकुम्वासी बन्दै आएका छन् । मनहरी, हाँडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हाँडीखोला, छतिवन, फापरबारी, राईगाउँ र धियाल चुरे क्षेत्रमा पर्दछन् ।

ती क्षेत्रमा रहेका सरकारी वन होस् वा उपभोक्ताहरूले संरक्षण गरेको जंगल होस् अहिले सबैभन्दा बढी मासिएका छन् जसले गर्दा आगामी दिन चुरे क्षेत्रको भूक्षय र विनाशको दरमा वृद्धि हुने कुरामा विज्ञ एकमत देखिन्छन् । जंगल मास्ने क्रममा र मानवीय गतिविधिमा भने कमी आउन सकेको छैन । मकवानपुरमा मात्र करिब १५० किलोमिटरभन्दा बढी लम्बाइमा फैलिएको चुरे पहाडको वन विनाशका खहरेले चुरे आसपासका बस्ती र उर्वर जमिनलाई क्रमशः बगरमा परिणत हुँदै गएका छन् ।

शिवालिक क्षेत्रका जंगल पनि त्यही गतिमा मासिँदै छन् । विगतमा तत्कालीन जिविसले निर्देशिका जारी गरेसकेपछि सरकारी तथा गैरसरकारी संस्थाहरूले आफूखुसी त्यस क्षेत्रमा योजना सञ्चालन गर्न नमिल्ने जिविसको ठहर थियो । तर सबैले आफूखुसी काम गरिरहेका छन् । चुरे शिवालिक क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले काम गरिरहेका छन् ।

प्रभावकारिता भने अत्यन्त न्यून छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको चुरे क्षेत्रको विनाश र भूक्षय बर्सेनि २ दशमलब ७५ प्रतिशतले हुने गरेको छ । यो क्रम नरोकिए बर्सेनि जंगलको विनाश र भूक्षयको प्रतिशत बढ्दै जाने भएकाले कम्तीमा दुई दशकपछि मुलुकको अन्नभण्डारको रूपमा चिनिएको तराईका जिल्लाका उर्वरा जमिन बालुवामा परिणत हुने जिल्ला समन्वय समितिको ठहर छ । चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ । उक्त कार्यक्रमले चुरे संरक्षणको काममा गति प्रदान गरेको थियो ।

गत आवदेखि चुरे राष्ट्रपति कार्यक्रम स्थानीय तहमा गएको छ । विगतमा मकवानपुरमा बकैया गापाको केही क्षेत्रमा संरक्षणका काम पनि भएका थिए । तराई क्षेत्रलाई दुःख दिन बकैया नदीको संरक्षणको काम भएको थियो । ८ सय ८५ किमि लामो रहेको उक्त चुरे क्षेत्र पहाडी तथा तराईका गरी ३४ जिल्लामा फैलिएको छ । पर्वतीय शृंखलामध्ये सबैभन्दा कान्छो र होचो पहाडको रूपमा रहेको चुरे क्षेत्रको माटो अस्थिर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भूक्षय तथा पहिरोबाट ग्रसित हुने गर्दछ ।

मुलुकको १२ दशमलब ७ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्रको विनाश आफैंमा मात्रै सीमित नरहेर तराईको उर्वरा भूमिको विनाशको कारण बन्न पुगेको छ । ०२१ देखि ०३६ सम्ममा प्रतिवर्ष १८ हजार ८ सय हेक्टरका दरले जंगल र जमिन विनाश हुँदै गएको थियो ।

चुरे क्षेत्रको बनावटै अति भिरालो एवं कमलो माटो, गेग्रिरिन र बालुवा मिलेर बनेको छ जसले गर्दा मानवीय गतिविधिबिना नै
जोखिममा रहेको उक्त क्षेत्र अहिले मानवीय गतिविधि र विकास निर्माणका चापमा परेकाले चुरे क्षेत्रको आयु क्रमशः छोटिँदै गएको छ । चुरे क्षेत्रको आयुसँग तराई क्षेत्रको उर्वरा जमिनको भविष्य पनि गाँसिएको छ, त्यसैले चुरे क्षेत्रको दिगो संरक्षण, संवर्द्धन र विकासका कार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने धारणा विज्ञहरूको छ ।

चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने साविकको धियाल गाविसबाट विगतमा बस्ती नै उठाएर अन्यत्र स्थानान्तरण गरिएको थियो । केहीपछि पुनः धियालमा अतिक्रमण गरेर बस्ती नै बस्यो । जंगलहरू फँडानी भए भने अर्कोतर्फ ढंगा र बालुवा रातारात तराईतिर ढुवानी गरियो । चुरे क्षेत्रको दोहनको कारणले तराई क्षेत्रमा हिउँदमा पानी सुक्ने र वर्षायाममा बस्ती डुबानमा पर्दै आएको छ ।

भूक्षय र पहिरोको उच्च जोखिममा रहेका मकवानपुरको अधिकांश भूभागमा डोजर चलाएर पहाडलाई घाइते बनाउने काम भएको छ भने अर्कोतर्फ मुलुक ठूला सिमेन्ट उद्योगहरू मकवानपुरमा छन् । त्यसका चुनढुंगाको खानी पनि यहीँ नै छन् । जसले गर्दा मकवानपुरका विभिन्न भागका पहाडलाई कोतर्ने र खोतल्ने काम गरिएको छ । मकवानपुरमा हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्धिसिद्ध सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी सबै खानी मकवानपुरका उत्तर–पश्चिमी क्षेत्रको पहाडी भूभागमा छन्।

प्रकाशित : श्रावण ४, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

८५ केजी गाँजासहित एक पक्राउ

प्रताप विष्ट

(हेटौडा) — कारमा गाँजा बोकेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाँजासँगै कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेंटौडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा प्रहरीले चितवनबाट हेंटौडातर्फ आइरहेको बा१२च ८५५६ नम्बरको कारलाई रोकेर चेक गर्ने क्रममा कारको डिकीमा लुकाएर राखिएको साढे ८५ केजी गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–१ भई हाल चितवन ईच्छाकामना गाउँपालिका–७ बस्ने ३० वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

मनहरी र लोथरकोबीचमा सोमबार बिहान उनले कारमा गाँजा लोड गरेको प्रहरीले जानकारी दिएको छ । भारत निकासी गर्न उनले उक्त गाँजा कारमा लुकाएर राखेको दाबी प्रहरीको छ ।

प्रकाशित : असार २३, २०७६ १६:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×