त्रिभुवन राजपथ र छोटो मार्ग पुनः सञ्चालनमा

सुवास विडारी

मकवानपुर — अविरल वर्षाका कारण सोमबार मध्यरातबाट बन्द रहेको हेटैंडा–काठमाडौं जोड्ने दुईवटा सडक पुनः सञ्चालनमा आएको छ ।त्रिभुवन राजपथ र  हेटौंडा–फाखेल–काठमाडौं सडक सोमबार मध्यान्हबाट सञ्चालनमा आएको हो ।

आइतबार बिहानबाट सञ्चालनमा आएका दुवै मार्ग सोमबार मध्यरातमा पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फाखेल र सिस्नेरी सडक अवरुद्ध भएपछि हेटौंडाबाट अधिकांश सवारी त्रिभुवन राजपथ हुँदै गुड्ने गरेका थिए। त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका–१, गुम्बाचोकमा गएको पहिरो प्रहरीले पन्छाएको थियो।

अविरल वर्षाका कारण अवरुद्ध भई आइतबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको हेटौंडा–फाखेल–हुमाने काठमाडौं सडक सोमबार रातिबाट फेरि बन्द भएको थियो। इन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला र हुमानेमा पहिरो गएपछि हेटौंडा–फाखेल–हुमाने काठमाडौं सडक पुनः अवरुद्ध बनेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार लेदोमाटोसँगै पहिरो गएको सडक खण्डको अवरोध पन्छाएसँगै हाल एकतर्फी रुप उक्त मार्ग सञ्चालन भएको छ। अझै हेटौंडा–सिस्नेरी–काठमाडौं र कान्तिलोकपथको विभिन्न स्थानमा गएको पहिरो पन्छाउँन नसक्दा एक हप्तादेखी दुवै सडकखण्ड पूर्णरुपमा बन्द अवस्थामा रहेका छन्।

बाढी र वर्षात्का कारण हालसम्म मकवानपुरमा ज्यान गुमाउनेको संख्या आधा दर्जन पुगिसकेको छ। विशेष गरी सोमबार राति मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका, इन्द्रसरोबार र भीमफेदी गाउँपालिकामा आएको अबिरल वर्षात्का कारण धेरै बाली नालीसहित घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ।

प्रकाशित : असार ३०, २०७६ १२:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६७ पुग्याे, ३० जना बेपत्ता [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार ११:४५ बजे सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।


यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ। अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित : असार ३०, २०७६ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×