रामेछाप जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध
काठमाडौँ — रामेछाप जिल्ला सदरमुकाम जोड्ने खुर्कोट मन्थली सडक खण्ड पहिरोले बिहानै देखि अवरुद्ध भएको छ ।
खुर्कोटको सुनकोशी पुल नजिक र मन्थली नगरपालिका ६ कुनौरीमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।
वर्षा र पहिरो झर्ने क्रम नरोकिएकोले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
यसैगरी मन्थली नगरपालिका वडा नम्बर ४ को पाण्डे टोलमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया